कन्हैयालाल कुर्मी, माघ १४, पर्सा ।
वीरगञ्ज स्कुल अफ लका विद्यार्थीहरुले नगरप्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन । सोमबार स्कुलका विद्यार्थीहरुको समुह नगर प्रमखको कार्यकक्षमै पुगी ज्ञापन पत्र बुझाएका हुन । वरिगञ्ज स्कुल अफ लका विद्यार्थीहरुले नगर क्षेत्रमा व्यापकरुपमा छाडा चौपायाहरुको कारण दुर्घटनाको जोखिम, ट्राफिक जामको समस्या तथा पैडल यात्रुहरुमा आक्रमणको त्रासका कारण्ले ज्ञापन पत्र बुझाएको बिद्यार्थी नबिन पटेलले जनाएका छन । यस अघि पर्साका प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापन पत्र बुझाइृ सकेका विद्यार्थीहरुले समस्याको सामाधान नभएपछि पुनः नगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन बुझाएको कानुनका विद्याथी पटेलले नागरिक खबरलाई जनाएका छन ।सो ज्ञापन पत्र बुझाउदै बिद्याथीृहरुले समयमै छाडा चौपाया नियन्त्रण नभए कानु बमोजिक अगाडि बढने समेत चेतावनी दिएका छन ।
सो ज्ञापन पत्र बुझाउने क्रममा नबिन राउत कुर्मी, मुकेश साह तेली, सलाउदिन अंसारी, रतिका साह, सिवानी महतो, बिवेद सदा,अवधेश राम लगायत कानुनको विद्याथीहरुको सहभागीता रहेको थियो ।
Advertisement

Advertisement
No popular posts found.











प्रतिक्रिया