प्रेस सेन्टर नेपाल जिल्ला कार्य समितिको बैठक सम्पन्न

 

अभिलाष गुप्ता
माघ १४ बिरगंज

Advertisement

बिरगंजको होटेल गेट वे पर्सामा अध्यक्ष शिवनाथ यादबको अध्यक्षतामा बसेको बैठकले प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा यहि माघ १५ गते मंगलवार बिहान ८:०० बजे प्रभातफेरि गर्ने र ९:०० बजे देखि बिरगंज रक्तसन्चार केन्द्रमा रक्तदान गर्ने निर्णय गरेको सचिव अजित भुजेलले जानकारी दिनुभयो ।

Advertisement

बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे मगर, मधेस प्रदेश सदस्य अशोक कुमार श्रीवास्तव , प्रदेश प्रतिनिधि रुपेश वर्मा, जिल्ला सचिव अजित भुजेल , सहसचिव बिदुर गौतम , रन्जित यादव , कोषाध्यक्ष सन्जित गुप्ता , सदस्यहरु रितेन्द्र झा( रितेश ) , बलिराम यादव , विशाल पटेल , आनन्द साह , सन्जोग गिरि , सन्तोष कुशवाह , अमिर खान ( मन्सुरी ), भरत सरार्फ, सुमित कुमार पटेल , मुमताज मिया लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

No popular posts found.