पर्सा जिल्ला प्रहरी प्रमुखको कमाण्ड एस.पी. गौतम मिश्रले सम्हाले

 

अभिलाष गुप्ता
माघ १४ बिरगंज

Advertisement

 

आज एस.पी. गौतम मिश्रले सम्हाले पर्सा जिल्ला प्रहरी प्रमुखको कमाण्ड सोमबार दिउँसो कार्यालयमा पुगेर एसपी मिश्रले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी मिश्रलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं सहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रुपमा प्रहरी उपरीक्षक गौतम मिश्रले कार्यभार सम्हालेका छन ।प्रहरी प्रधान कार्यालयले चितवनबाट पर्सामा सरुवा गरेका प्रहरी उपरीक्षक मिश्रले आजै कार्यभार सम्हालेका हुन ।उनी दुई महिनाअघि मात्र चितवन गएका थिए।

Advertisement

प्रहरी उपरीक्षक मिश्र २०६४ सालमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखको रुपमा रहेर काम गरिसकेका छन ।
भाडाको भवनमा रहेको वडा प्रहरी कार्यालय श्रीपुरलाई तत्कालीन ईन्सपेक्टर मिश्रकै नेतृत्वमा विभीन्न दाताहरुको सहयोगबाट आफनै निजी भवन बनाएर संचालनमा ल्याएका थिए । जिल्लाको कमाण्ड सम्हाल्दै एसपी मिश्रले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवान देखि लिएर अधिकारी समेतलाई निर्देशन दिएका छन् ।

Advertisement