अभिलाष गुप्ता
माघ १५ बिरगंज
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर ५ का तिर्थयात्रुहरूलाइ वडा अध्यक्ष एवम् समाजसेवी प्रदिप कुमार चौरसियाले सम्मान एवं बिदाई गरेका छन । भारतको प्रयागराज,बिन्ध्याचल धाम,बनारस,अयोध्या,महाकुम्भ मेलामा जान लागेका तिर्थयात्रुहरूलाइ बिरगंज वडा नम्बर ५ निवासी तथा समाजमा आफ्नो अमुल्य योगदान पुर्याउदै आएका प्रदिप कुमार चौरसियाले सम्मान गरेका हुन ।
Advertisement
कुम्हाटाल एवं रेशमकोठी,जेलटाेलका करिब ९० जना तिर्थयात्रुहरू भारतको कुम्भ मेलाको लागि प्रस्थान गरेको स्थानीय वडा सदस्य सन्जु दहालले जानकारी दिईन । उनका अनुसार बिरगंज काठमान्डौ चल्ने २ वटा बसमा करिब ९० जना तिर्थयात्रुहरू भारतको कुम्भ मेलाको लागि प्रस्थान गरेको बताए । तिर्थ स्थल जाने क्रममा बिरगंजका युवाको आन, बान र शानको रूपमा चिपरिचित युवा नेता एवं बिरगंज वडा नम्बर ५ का अध्यक्ष प्रदिप कुमार चौरसियाले तिर्थयात्रुलाइ टीका र गम्छाले सम्मान गरि दिएकोमा यात्रुहरू हर्सित भएको बताए ।
यता रेशमकोठी वडा नम्बर ५ निवासी अशोक गुप्ताका अनुसार स्थानीय तहमा निर्वाचन लडने र निर्वाचित तथा पराजित हुने नेताहरू मात्र निर्वाचनकै समयमा मुख देखाउने गरेको बताउदै युवा नेता चौरसिया अहोरात्र खटेर समाजसेवामा लागेको देख्दा चौरसिया जस्तो नेतृत्वका टिम हाम्रो वडामा बारम्बार तथा निरन्तर सेवा दिईरहोस भन्ने कामना समेत गरेको बताए ।
Advertisement
यता भारतको कुम्भ तिर्थस्थलमा प्रस्थान गर्ने यात्रुहरू युवा नेता एवं वडा अध्यक्ष चौरसियाले सम्मान गरेकोमा हर्सित भएका थिए । उहाहरू युवा चौरसियाको उन्नती प्रगतिको कामना भन्दै आशीर्वाद समेत दिएका थिए ।




















प्रतिक्रिया