साउथजोन माविको १६ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
माग्ज १५ बिरगंज

Advertisement

साउथजोन मा.बिधालयको १६ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिरगंज महानगरपालिका वडा नम्बर १३ स्थित राधेमाई स्कुल परिसरमा सम्पन्न भएको हो। उक्त रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका सभापति वीरेन्द्र राज कँडेलको आतिथ्यमा सम्पन्न भएको छ भने साउथजोन मा.बिधालयका सन्चालक सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियोे।अतिथिमा जूनियर सर्कल का विनोद गिरी,प्याब्सन प्रदेशका वरिष्ठ सल्लाहकार श्याम केसी,प्याब्सन पर्साका जिल्ला कार्यसमितिका कोषाध्यक्ष प्रविन चौधरीलगाएतकाहरुको उपस्थिति एवं कार्यक्रम संचालन अशोक संग्रौलाले गरेका थिए।
,
उक्त रक्तदान कार्यक्रममा

१४ महिला सहित ५३ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए।

Advertisement

सो रक्तदान कार्यक्रममा निसा कुमारी साह,सन्जना देवी,समिता सिलवाल,सीता देवी,रोशनी श्रेष्ठ,पभित्रा अधिकारी,सरीता झा,राम चन्द्र चौधरी,सन्तोस कुमार यादव,निरज कुमार उपाध्याय,वकिल प्रसाद यादव लगायतकाले रक्तदान गरेका हुन ।

बिरगंज रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै एवम साउथजोन माविको १६ औं वार्षिकोत्सवको अवसरमा
सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

Advertisement

सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।