घानाको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अझै २ जना बेपत्ता रहेका छन्। घाना समुद्री प्राधिकरणका अनुसार यो घटना भोल्टा ताल क्षेत्रमा बुधबार भएको हो।
डुङ्गामा कुल १४ जना यात्रु रहेका थिए। यात्राको क्रममा अचानक आएको खराब मौसमका कारण डुङ्गा पल्टिएको बताइएको छ। घटनापछि तत्काल उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो, जसमा ५ जना पुरुषलाई जीवित उद्धार गरिएको छ। तर अधिकारीहरूका अनुसार ९ जना डुबेको आशङ्का गरिएको छ। हालसम्म ७ वटा शव फेला परेका छन्, जसमा २ जना महिला र ५ जना बालबालिका रहेका छन्।
Advertisement
घाना नौसेना र समुद्री प्राधिकरणका डाइभरहरूको टोलीले अझै बेपत्ता रहेका २ जना—एक महिला र एक बालबालिकाको खोजी जारी राखेको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान पनि भइरहेको छ।
Advertisement
काठमाडौँ, असार १५ गते । सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षणको…















प्रतिक्रिया