पर्सा , १३ चैत- बिकाश पटेल : पर्साको कालिकामाई गाउँपालिकाको हरिहरपुर बिर्तामा रहेको प्रसिद्ध एतिहासिक पर्यटकिय एव धार्मिक स्थल कालिकामाइ मन्दिरमा आज चैतनवमीको अवसरमा मेला लागेको छ । यहाँ वर्ष भरिमा एक चोटी मेला लागने गर्दछन। चैतनवमीको अवसरमा चैत नवमीको दिन मेला लाग्दै आईरहेको छ ।
मेलामा भारतीय क्षेत्रको मुख्य बजार सिकटा, रक्सौल र नेपालको, पर्सा,बारा, लगायतका स्थानबाट भक्तजनहरुले आएर चैतनवमीको दिन कालिकामाईको जयकारा लगाउदै पुजापाठ, चुनरी, प्रसाद,नरिवल, कराही समेत चढाउने गरेका छन। यहाँ बोका परेवा लगायतको बली पनि चढाउने चलन रहेको छ ।
Advertisement
कालिकामाई मन्दिर जगताको रुपमा रहेकोले भक्तजन हरुले आफ्नो मनमा राखेको कुरा भाखल पूरा भईसकेकोले आफ्नो भाकेको कुरा लयाउने गर्छन् । मनोकामना पुर्णभएपछी यहा अखण्ड अष्यामहरु गराउने गर्छन। यहा अखण्ड अष्टयाम गराउनको लागी पहिले नै समय लिनुपरिरहेकोले यस पाली चार जना भक्तजनहरुको अष्ठयाम भएको थियो। भक्तजनहरुलाई कालिकामाईले भाखल पुरा गरेपछि महिला भक्त जनहरुले आफ्नो आँचलमा नेटुवाको नाच नचाउने गर्छन् ।
कालिकामाई गाउँपालिका वडा ३ वडा अध्यक्ष सन्जय कुमार पटेलले कालिकामाईको मेला पुर्बज देखि लाग्ने गर्ने गरेको बताए । उनले भने, ‘यहाँ त हजारौ को संख्यामा भक्तजनहरु आउने गर्छन सबै भक्तजनहरुको मनोकामना पुर्ण हुन्छ त्यसै कारण माताको स्थानमा आएर पुजापाठ गर्छन । कालिकामाई को मेलामा सुरक्षाको लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानिय स्वमसेवकहरु परिचालन गरिएको थियो।




















प्रतिक्रिया