काव्या एकेडेमीद्वारा कक्षा–१० का विद्यार्थीहरूको बिदाइ कार्यक्रम सम्पन्न


: वीरगञ्ज-१६ नगवामा अवस्थित काव्या एकेडेमीद्वारा कक्षा–९ को आयोजनामा कक्षा–१० का विद्यार्थीहरूको सम्मानमा भव्य बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रम विद्यालय परिसरमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमहरू सहित उत्साहपूर्वक आयोजना गरिएको थियो।
कार्यक्रममा काव्य एकेडेमीका Managing Director श्री हरिन्द्र प्रसाद कुशवाहा सभापतिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने प्रमुख अतिथिको रूपमा NPABSAN, वीरगञ्जका नगर अध्यक्ष तथा सगरमाथा एकेडेमीका संस्थापक प्रधानाध्यापक जियालाल गुप्ता रहनुभएको थियो।

साथै  Er. Shashi Bhushan Prasad , B.P.S.+2 को H.R. director  Sandip Kushwaha , समाज सेवी तथा शिक्षा प्रेमी  Manir Dewan शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उदघोषकको रुपमा Kavya Academy को principal श्रीमति Mamta Kushwaha र कक्षा -९ का छात्रा श्रेया कुशवाहा हुनु हुन थियो|
कार्यक्रमको सुरुवात पानस प्रज्वलन तथा राष्ट्रिय गानसँग गरिएको थियो। स्वागत मन्तव्य, विभिन्न वक्ताहरूको प्रेरणादायी भनाइ तथा कक्षा–१० का विद्यार्थीहरूको अनुभव साटासाटले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो।
विद्यार्थीहरूले आकर्षक स्वागत नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। साथै कक्षा–१० का विद्यार्थीहरूलाई ‘Token of Love’ प्रदान गरी उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सभापति हरिन्द्र प्रसाद कुशवाहाले समापन मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूको सफलताको कामना गर्नुभयो र आगामी यात्रामा निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो। यस कार्यक्रमले विद्यार्थीहरूबीचको आत्मीयता, सम्मान र विद्यालयप्रतिको सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास लिइएको छ।

Advertisement

Advertisement