बिरगंजमा अन्तर बिधालय बाल फुटबल प्रतियोगिता सम्पन्न

 

अभिलाष गुप्ता
माघ १५ बिरगंज

Advertisement

गौतम स्कुलको ४८औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर विद्यालय बाल फुटबल प्रतियोगिता सोमबार समापन भएको छ।समापन समारोहको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको आतिथ्यमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा विशिष्ट अतिथी बिरगंज महानगरपालिका शिक्षा अनुगमन समितिका सन्योजक इस्वर यादव,मानव सेवा आश्रमका संस्थापक सदस्य दिवेश मानवसेवा,एलाइड सोसाइटीका अध्यक्ष ओम झा,विभिन्न मिडिया बाट आएका सन्चारकर्मिहरु,विभिन्न बिधालयका शिक्षकहरु एवम् विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए।कार्यक्रममा गौतम स्कुलका संचालक सोनम लामा, विभिन्न विद्यालयका बालबालिका संचालकहरू, शिक्षकहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो।

Advertisement

वार्षिकोत्सव अवसरमा आयोजित यस प्रतियोगिताले बालबालिकाहरूमा खेलकुदप्रतिको रुचि बढाउन योगदान पु-याएको आयोजकको भनाइ छ। गौतम स्कुलले आगामी दिनमा यस्ता प्रतियोगिता थप व्यवस्थित र व्यापक रूपमा आयोजना गरिने जनाएको छ।जिल्ला प्रहरी कार्यालय नजिकै रहेको विपद ब्यवस्थापन गुल्म कार्यालयको ग्राउन्डमा गत १० गते देखि गौतम स्कुलको ४८ औ वार्षिकोत्सबको अवसरमा अन्तर बिधालय बाल फुटबल प्रतियोगिताको बिजेता लिटिल फ्लावरले शुन्यका विरुद्ध २ गोलले एसआर ग्यालेक्सी स्कुललाई हराउदै बिजयी भएको छ।

बिजेता स्कुललाई बधाई दिदै प्रमुख आतिथ्य बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान् सिंहले शिक्षा संगै अतिरिक्त क्षेत्रमा राम्रो योगदान पुराउने काम गरेकोमा धन्यवाद दिनुभएको थियो । उहाँले भने अब हरेक बिधालयले यस्ता अतिरिक्त क्रियाकलापहरु गर्न सुझाव दिनुभएको हो ।विद्यार्थीहरु चौतर्फी विकास गर्न अति आवश्यकता रहेको र खेल जहिले पनि जित्ने उदेश्यले खेल्नुपर्ने बताएका छन् । अन्तर बिधालय बाल फुटबल प्रतियोगिताको उदघाटन गत १० एसपी कुमोद ढुङ्गेलले गरेका थिए। ।

Advertisement

निजी बिधालयले शिक्षा संगसंगै अतिरिक्त क्रियाकलापहरुमा निकै सक्रियताका लागि परेकोमा अहिले खेल क्षेत्र बाट पनि आफ्नो पहिचान बनाउन र स्वास्थ्य शारीरिक हुने भएकोले खेल जिवनको महत्त्वपूर्ण रहेको नगर प्रमुख सिंहको भनाइ रहेको छ। । गौतम स्कुलका संचालक सोनम लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

समापन समारोहमा प्याब्सनका पुर्व जिल्ला अध्यक्ष पुरन प्रधान ,पुर्व महानगर अध्यक्ष आलोक चौरसिया,सल्लाहकार हरि श्याम ठाकुर ,प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव,सल्लाहकार मनि पाख्रिङ,क्यान पर्साका अध्यक्ष मनिष सिंह ,शर्मानन्द ,सुभाष प्रधान ,सुरज पटेल थिए भने अन्तर बिधालय बाल फुटबल प्रतियोगितामा १५ वटा स्कुलका विद्यार्थीहरुले भाग लिएका थिए।प्रतियोगितामा आयोजक गौतम स्कुल, मिनील्यान्ड सेकेन्डरी स्कुल, न्यु वेभ एकेडेमी, माउन्ट मकालु स्कुल, ओम नेशनल एकेडेमी, लिटिल फ्ल्वार स्कुल, ज्ञानदा एकेडेमी, मनोकामना सेकेन्ड्री स्कुल, सन साइन सेकेन्ड्री स्कुल, मालिनी सेकेन्ड्री स्कुल, सन लाइट स्कुल, ज्ञान ज्योति स्कुल, जीवन ज्योति स्कुल, लिटिल एन्जल स्कुल र एसआर ग्यालेक्सी स्कुलले प्रतियोगितामा सहभागिता जनाएका थिए।आजको कार्यक्रम सन्चालन गौतम स्कुलका ब्यवस्थापन संकायका सदस्य सौरज प्रधानले गरेका थिए।