वीरगन्ज महानगरपालिका वडा खोप समन्वय समितिको अभिमुखीकरण सम्पन्न

 

 

Advertisement

अभिलाष गुप्ता
माघ १५ वीरगन्ज

महानगरको वडा न. ६ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जनस्वास्थ्य प्रबर्द्धन शाखा वीरगन्जले आयोजना गरेको बैठकमा लक्षित वर्गसम्म खोप पुर्यान सबै निकायको सहयोग अपरिहार्य रहेको बारे चर्चा भएको थियो ।

Advertisement

विभिन्न क्षेत्रबाट सहभागी हुनेगरी बोलाइएको बैठकमा एचभीपी खोप अभियान २०८१ सफल बनाउन एकअर्कासंगको हातेमालो आवश्यक रहेकोले सबैले आआफ्नो स्तरबाट सूचना प्रवाह गर्न वक्ताहरुले जोड दिए ।

सोही वडाका वडा अध्यक्ष जयप्रकाश साह अग्रवालको अध्यक्ष्तामा बसेको बैठकमा सेवा केन्द्रका अहेव अकलेश गिरी र अनमी सरिता साहले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बारे जानकारी गराउँदै त्यसको जोखिमबाट किशोरीहरुलाई बचाउन एचभीपी प्रभावकारी रहेको बताए ।

Advertisement

खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाउने अहेव गिरीले जानकारी गराए । ।बैठकमा वडा सचिव गंगा पौडेल, सहायक प्रधानाध्यापक अविनिष पाण्डे, शिक्षक राजिव कुमार सिंह, वडा सदस्य सुशीला परियार, राजु खड्गी, पवन शर्मालगायतको उपस्थिति रहेको थियो ।

वीरगन्ज महानगरपालिकामा माघ २२ गतेदेखि सुरु हुने यो खोप अभियान फागुन ६ गतेसम्म चल्ने छ भनी वडा अध्यक्ष जय प्रकाश साह अग्रवालले जानकारी गराएका थिए