बिरगंज उद्योग वाणिज्य संघ द्वारा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एस.पी. गौतम मिश्रसँग छलफल

 

अभिलाष गुप्ता 
माघ १५ बिरगंज

Advertisement

आज बिरगंज उद्योग वाणिज्य संघले मंगलबार एक कार्यक्रम आयोजना गरी हालै सरुवा भई आएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रसँग छलफल गरेको छ। संघका प्रतिनिधिहरूले औद्योगिक क्षेत्रको सुरक्षा, बढ्दो आपराधिक गतिविधि, ट्राफिक व्यवस्थापन, तथा अन्य सामाजिक मुद्दाहरूबारे जानकारी गराउँदै समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए।

छलफलका क्रममा एसपी मिश्रले वीरगञ्जमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय व्यवसायी तथा नागरिकहरूसँग समन्वय गरेर अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई सुधार गर्ने आश्वासन दिए। मिश्रले प्रहरी प्रशासन व्यवसायिक वातावरणलाई सुरक्षित बनाउन हरसम्भव सहयोग गर्न तयार रहेको बताए।

Advertisement

कार्यक्रममा संघका अध्यक्ष अनिल कुमार अग्रवाल,उपाध्यक्ष माधव राजपाल,हरी गौतम,पुर्व अध्यक्ष सुबोध कुमार गुप्ता लगाएतका अन्य पदाधिकारीहरू, उद्योगी–व्यवसायी तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। छलफलले व्यवसायिक समुदाय र प्रहरी प्रशासनबीच सहकार्यको सृजना हुने बिश्वास छ।

Advertisement