अभिलाष गुप्ता
माघ १६ बिरगंज
Advertisement
नेपाली कांग्रेस पर्सा क्षेत्र नं। २ ले शहीद दिवसको अवसरमा ३ महिला सहित १० जना व्यक्तित्वलाई सम्मान गरेको छ।शहीद दिवसको अवसरमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ ले लोकतन्त्र, स्वतन्त्रता र न्यायका लागि आफ्नो जीवन आहुति दिने हाम्रा राष्ट्रिय वीरहरूको वीरता र बलिदानलाई सम्मान गर्दै विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
Advertisement
लोकतन्त्र, मानव अधिकार र समाज सेवामा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई कदर गर्दै कांग्रेसले विशेष सम्मान कार्यक्रम आयोजना गरेको हो।
क्षेत्रीय सभापति मोहम्मद सहाबुदिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, विशिष्ट अतिथि प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति राम नारायण कुर्मी, वीरगंज महानगरपालिकाका उपप्रमुख इमतियाज आलम लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।
Advertisement
सम्मानित हुनेहरूमा नगेन्द्र पौडेल, याकुब अन्सारी, लालबहादुर राउत कुर्मी, शान्ति कार्की, लक्ष्मण प्रसाद कुर्मी, लालन महमद मियाँ, जमिला खातुन, पार्वती देवी, नेत्र बहादुर केसी, र हिराकान्त चौधरी रहेका छन्।
कार्यक्रममा वीरगंज महानगरपालिकाका उपप्रमुख इमतियाज आलमले शहीदहरूको योगदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहने प्रतिज्ञा व्यक्त गरेका थिए। सम्मानित व्यक्तिहरूले पनि समाज सेवामा अझै सक्रिय रहने जानकारी गराएका थिए।




















प्रतिक्रिया