अभिलाष गुप्ता
माघ १६ बीरगंज
Advertisement
आज बीरगंजमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा एवम् विभिन्न संघ संस्थाहरुले सहिदहरु प्रति श्रद्धान्जली अर्पण गरेका छन।बीरगंजको घन्टाघर स्थित रहेको सहिद स्मारकमा पर्साको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा पहिलोपटक सहिदहरु प्रति श्रद्धान्जली अर्पण गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले बिभिन्न पार्टी संग आबद्ध राजनिति कर्मी,सुरक्षाकर्मी,संचारकर्मी, कर्मचारी तथा आम नागरिक सबैलाई अंकित गरी हामी सबै आ-आफ्ना ठाउँमा ईमान्दारी कामगरे मात्रै सहिद ले दिएका प्राण का आहुतिको कर्ज केही कम गर्न सक्छौ ।अहिले सम्म सहिदहरु को सपना पुरा नहुनु मा सबभन्दा बढी राजनेता र कर्मचारीमा ईमान्दारीले काम नगरेर भएको हो आज हामी सबै यही सहिद स्मारकमा सहिदहरुको अगाडी सपथ लिँदै अगाडी बढेर काम गरौ अबस्य नै सहिदहरु को सपना पुरा हुने छ । अर्याल ले बताए।
Advertisement
कार्यक्रम मा नेपाली कांग्रेस रामनारायण कुर्मी,नेकपा एमाले का बिश्वमभर शर्मा,बिरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलम लगातय बिभिन्न पार्टीका प्रतिनिधिहरु तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालले सहिदहरु प्रति श्रद्धा सुमन ब्यक्त गरेका थिए ।




















प्रतिक्रिया