जनमत पार्टीको आयोजनामा निशुल्क आखा शिविर सम्पन्न

 

अभिलाष गुप्ता
माघ १६ बिरगंज

Advertisement

जनमत पार्टीको आयोजनामा तथा वीरगंज सामुदायिक ऑखा केन्द्र को प्राविधिक सहयोगमा आज जनमत पार्टीको यूवा नेता बृजेशवर प्रसाद चौघरीको अघ्यक्षतामा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मीपुर गाउँमा रहेको श्री नेपाल रास्ट्रय प्राथमिक विद्यालयको प्रांगण मा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जगरनाथपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहाको आतिथ्यमा सम्पन्न भएको हो।उक्त कार्यक्रममा श्री नेपाल रास्ट्रय प्राथमिक विद्यालयको प्राङन्मा सम्पन्न भएको थियो।

Advertisement

सो कार्यक्रममा विशिष्ठ अतिथि रास्ट्रय प्राथमिक विद्यालयका
प्रघ्यानाघ्यापक घुरेन्द्र पटेल,डा. महेश सिंह घामी त्यस्तै अतिथिमा जवाहरलाल ठाकुर,जमुना यादव,ललझरिया देवी,फुलकुवरी देवी लगायत को उपस्थिति रहेको थियो।
आजको आखा चेकअप सिवीरमा १७६ जना लाभान्वित भएका छन।

उक्त आखा चेकअप सिवीरमा १७६ जना मध्हे ६३ जनालाई मोतियाविन्दुका सिकायात भेटिएका रहेछन। ३९ जना लाइ निःशुल्कै ड्रप पनि दिइयो।
यी मोतियाविन्द का पैशेन्टहरु लाइ भोली नै १७ गते,बिहीवार वीरगंज मा रहेको वीरगंज सामुदायिक ऑखा केन्द्रमा निशुल्क नै शल्यक्रिया गरिने डा. महेश सिंह घामीले जानकारी गराएका थिए।

Advertisement

आजको कार्यक्रम संचालन युवा नेता शेषनाथ सिंहले गर्नु भएको थियोे।