अभिलाष गुप्ता
माघ १६ बिरगंज
Advertisement
दि हुमैन लभ चैरेटि फन्डले आयोजना गरेको निःशुल्क कक्षा संचालन कार्यक्रमको आज भब्य उद्घाटन सम्पन्न भएको छ। उक्त कार्यक्रम बीरगंजको नेशनल कालेजमा सम्पन्न भएको हो।कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य सलाउदिन अहमदले उद्घाटन गर्दै यस अभियानलाई समुदायको शिक्षा र विकासमा ठूलो योगदान दिने बताए।
कार्यक्रमको सुरुवातमा दि हुमैन लभ चैरेटि फन्डका प्रतिनिधिले निःशुल्क कक्षा संचालनको उद्देश्य र यसको आवश्यकताको बारेमा व्याख्या गरे। उनले यस अभियानले गरीब तथा सीमान्त परिवारका बच्चाहरूलाई शिक्षाको अवसर प्रदान गर्ने बताउँदै यसले समाजमा शिक्षाको महत्वलाई बढाउने अपेक्षा गरे।
Advertisement
प्रमुख अतिथि सलाउदिन अहमदले आफ्नो सम्बोधनमा यस्ता अभियानहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउँदै शिक्षा नै राष्ट्रको विकासको आधार हो भन्ने कुरामा जोड दिए। उनले स्थानीय सरकार, शिक्षकहरू र अभिभावकहरूलाई पनि यस अभियानलाई सफल बनाउन आवश्यक सहयोग गर्न आह्वान गरे।
यस अवसरमा स्थानीय नेताहरू, शिक्षकहरू, अभिभावकहरू र विद्यार्थीहरू उपस्थित थिए। कार्यक्रम अन्त्यमा प्रमुख अतिथिले निःशुल्क कक्षा संचालनको शुभारम्भ गर्दै यस अभियानलाई सफल बनाउन आशीर्वाद दिए।
Advertisement
दि हुमैन लभ चैरेटि फन्डले यस अभियान मार्फत गरीब तथा सीमान्त परिवारका बच्चाहरूलाई शिक्षाको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। यसले समाजमा शिक्षाको प्रसार र विकासमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया