अभिलाष गुप्ता
माघ १६ बिरगंज
Advertisement
आज बुधबारको दिन सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीनसिटि सामुदायिक प्रहरी सेवा आदर्शनगर द्वारा स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र ग्रीन सिटिको आयोजनामा जिल्ला पर्सा बिरगंज स्थित सामुदायिक प्रहरी सेवा केन्द्र ग्रीन सिटि आदर्शनगरको आफ्नै कार्यालयमा जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक गौतम मिश्र संग स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न गरिएको हो। सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एस.पी. गौतम मिश्रको आतिथ्यमा सम्पन्न भएको हो। भने सामुदायिक प्रहरी सेवा केन्द्र ग्रीन सिटि आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको अध्यक्षता भएको थियोे।
विरगंजमहानगरपालिका निजी क्षेत्रका सरसफाइ प्रमूख शिव प्रसाद गुप्ता, सर्फुदिन् अंसारी,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं,ग्रीन सिटी समुदायिकका सलाहकार चन्द्र अग्रवाल,त्रिलोक चन्द दारुका,प्रहरीवरिष्ठ हवल्दार प्रेम राम,अजिता घिमिरे,असली यादव लगाएतकाहरुको उपस्थिति रहेको थियो।
Advertisement
यस सेवा केन्द्रका उपाध्यक्ष संजय शर्मा समाज सेवी, बुद्धि जीवी, संचारकर्मी, सुरक्षा निकायका पदाधिकारीहरु जनप्रतिनिधि तथा यस सेवा केन्द्रका पदाधिकारिहरु एवम् आजिवन सदस्य लगायतकाहरुको उपस्थिती रहेको थियोे।




















प्रतिक्रिया