अभिलाष गुप्ता
माघ १६ बिरगंज
Advertisement
आज एक कार्यक्रमको आयोजना गरि बिरगंजका बिपिएस प्लस २ मा अध्ययनरत विद्यार्थीहरुका लागी खेलकुद सप्ताहको उद्घाटन गरिएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि बिपिएस प्लस २ का शैक्षिक निर्देशक दिपक पटेल र एच. आर. निर्देशक संदिप कुशवाहाले खेलकुद सप्ताहको उद्घाटन सन्युक्तरुपमा गरेका थिए।
सप्ताहिक खेल अन्तरगत आज बैडमिन्टन र फुटबल खेल इनीमेन्ट सम्पन्न भएको छ। यस कलेजका खेलकुद संयोजक आकाश पटेलले जानकारी गराएका थिए। उक्त अवशरमा कलेजका शिक्षक अंगद यादव, अजरोज हवारी, दिपक खत्री, ओमप्रकाश अविरल, विश्व विशेष दुवेदी, कोमल सर्राफ लगाएतकाको उपस्थिति रहेको थियो।
Advertisement
आजको खेलमा छात्रा रिसा वर्णवाल, आकृति तिवारी र रेनु साह क्रमशः प्रथम, रित्तिय र तृतिय गरेका छन् । सप्ताहिक टुर्नामेन्टमा विभिन्न खेलहरु खेलिने छ जस्तै बैडमिन्टन, फुटबल, चेस, लुडो, स्किपिऊ, डोरीयन, कब्बडी, खो खो, स्लो साइकल, रेष, स्पुन मार्बल, मुर्जिकल चेयर आदी हुनेछ।
निर्देशक संदिप कुशवाहाले खेल बाटनै विद्यार्थीहरुको अतिरिक्त कला बाहिर आउने छ र सफता पनि त्यती नै उच्च हुने बताउँदै बिद्यार्थीहरुमा रहेको प्रतिभा समयमै पहिचान भयो भने भविष्यमा अगाडि बढ्न सजिलो हुने जिकिर गरे ।




















प्रतिक्रिया