स्टडी ल्याण्ड एजुकेशन फाउण्डेशन केन्द्र संचालनमा

बिरगंज १९ असोज अभिलाष गुप्ता । बिरगंजमा स्टडी ल्याण्ड एजुकेशन फाउण्डेशन केन्द्र संचालनमा आएको छ । कुमुप्यालेस होटकको ठिक सामुने रहेको फाउण्डेशनको नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माले आज एक कार्यक्रम बिच उद्घाटन गरेका थिए। सो उद्धघाटन समारोहमा एमालेका पर्साका जिल्ला सचिव महेश दास, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युराज खडका, समाजसेवि राजेन्द्र भट्टराई ,ओविसिका अकलेश साह, नेपाल खेलकुद महासघ बिरगंजका अध्यक्ष मनोज साह, संदिप श्रेष्ठ, बिजय ठाकुर, सागर श्रेष्ठ , आकाश पटेल लगायतको उपस्थिती रहेको थियो।बिगतको लामो समय देखि यस क्षेत्रमा काम गर्दै आएका अमन पटेलले आफ्नो अनुभवीबाट बिद्यार्थीहरुले पछिल्लो दिनमा भोग्दै आईरहेका विभिन्न समस्यालाई सहजताले समाधान गर्न यस एजुकेशन फाउण्डेशन केन्द्र संचालनमा ल्याएको बताए । उनले अमेरिका, क्यानाडा, युके,अष्ट्रेलिया,न्युजिल्याण्ड लगायतको देशमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई शिक्षा सम्बन्धि परार्मश सहित भिसाको काम समेत गरिने बताए । उनले अन्य संस्थाको तुलनामा आफुहरु सहुलियत दरमा काम बताए।सो कार्यक्रममा भब्यताका साथ सम्पन्न भएको थियो।