अभिलाष गुप्ता
माघ १६ वीरगञ्ज
आज सहिद दिवसको अवसरमा नेपालका चार सहिदहरूलाई घन्टाघर चौकमा श्रद्धाञ्जली अर्पणपरिवर्तन नेपाल फाउन्डेसन द्वारा सहिद दिवसको अवसरमा वीर सहिदहरूको सम्मानमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूले “वीर सहिद अमर रहुन” भन्ने नारा सहित सहिदहरूले लोकतन्त्र, स्वतन्त्रता, र न्यायका लागि पुर्याएको योगदानको स्मरण गरे। कार्यक्रममा नेपालका चार महान् सहिदहरू शुक्लराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, र दशरथ चन्द को तस्वीर प्रदर्शन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।



















प्रतिक्रिया