राम्रो गर्ने लाई पुरस्कृत र बदमासी गर्ने लाई दण्ड दिने प्रहरी उपरीक्षक गौतम मिश्र

 

अभिलाष गुप्ता
माघ १७ बिरगंज

Advertisement

आज जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भइ आउनु भएका प्रहरी उपरीक्षक गौतम मिश्र द्वारा बिरगंजका संचारकर्मीहरु संग पत्रकार सम्मेलनको आयोजना सम्पन्न भएको हो। उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पन्न भएको हो।जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भइ आउनु भएका प्रहरी उपरीक्षक गौतम मिश्रले पर्साका पत्रकार भेटघाटको क्रममा आफू इमन्दार भएर काम गर्ने प्रतिबद्धता जनाएका छन।

उनले भने राम्रो गर्ने लाई पुरस्कृत र बदमासी गर्ने लाई दण्ड दिने बताउनु भएको हो। म रहुन्जेल सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सामुदायिक प्रहरी संगको सहकार्यमा जन मानस वडा स्थानीय गाउँपालिका स्थर सम्म पुर्याउने बिश्वास ब्यक्त गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्सामा नया सरुवा भैइ आउनु भएका प्रहरी उपरीक्षक गौतम मिश्रले पर्सेली पत्रकार भेटघाटको क्रममा आफ्नो भनाइ राख्दै भने अठार वर्ष अगाडि इन्स्पेक्टर बनेर वीरगञ्जमा गरेको काम सम्झिँदै पर्सा प्रहरीका नयाँ प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले भने, “पर्सामा आउन सक्ने प्रत्येक चुनौतीको सामना गर्दै शान्ति सुरक्षा स्थापना गर्छु”

Advertisement

मेरो कार्यकाल रहुन्जेल म विशेष गरि ग्रामीण भेगका जनताहरुमा बाल बिवाह,बहु बिवाह,लैङ्गिगक हिंसा,महिला हिंसाका चपेटामा परेकाहरु,घरेलु हिंसाका केसहरु, घरेलु मदिरा उत्पादन,गाजा उत्पादन बिक्री बितरण आदिहरु लाई कसरी इ सब लाई कन्टाेृल गर्ने इ सब हाम्रा चुनौतीका विषयहरु छन।पर्सा जिल्ला एक औधोगिक नगरी एवम् आर्थिक नगरी हो।यहाँ आर्थिक क्राईम र सामाजिक क्राईम धेरै हुने गरेको छ इ सब कुरा लाई चिर्दै आगाडि बढने प्रतिबद्धता जाहिर गरेका थिए।उक्त परिचात्मक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डि.एस.पी. किशोर लम्साल,वडा प्रहरी कार्यालय बिर्ता का प्रहरी प्रमुख निरोज चौलागाईं,वडा प्रहरी कार्यालय श्रीपुर्का प्रहरी प्रमुख एवम् बिरगंजका विभिन्न मिडिया बाट सन्चारकार्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement