अभिलाष गुप्ता
माघ १७ बिरगंज
Advertisement
आज क्रियाशील युवा पत्रकार मंच नेपाल द्वारा नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी एवम् सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
बिरगंज महानगरपालिका पुरानो बसपार्क आदर्शनगर स्थित
होटल त्रिशलामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा मुख्य अतिथी वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी अग्रवालको आतिथ्य सम्पन्न भएको छ। भने
क्रियाशील युवा पत्रकार मंच नेपालका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो।
बिहिबार त्रिशला रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै मञ्चले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको हो ।
मञ्चले नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी एवम् सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
Advertisement
सो अवसरमा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, पूर्व अध्यक्ष सुबोध गुप्ता, नारायणी अस्पतालका फिजिसियन डा. निरज सिंह, डा. मञ्जु श्रेष्ठ लगायतले नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई सम्मानित गरे ।नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई टिका लगाई, गम्छा तथा कदर पत्र प्रदान गर्दै सम्मानित गरिएको हो ।




















प्रतिक्रिया