राष्ट्रिय समता पार्टी नेपाल केन्द्रीय कार्य समिति द्वारा प्रेस विज्ञप्ति जारी

 

अभिलाष गुप्ता
माघ १७ बिरगंज

Advertisement

आज राष्ट्रिय समता पार्टी नेपाल केन्द्रीय कार्य समितिका महासचिव अभिषेक तिवारी जारी प्रेस विज्ञप्ति अनुसार
प्रयागराज महाकुम्भमा हिजो मौनी अमावश्या को दिन अमृत स्नान गर्ने क्रममा भएको हृदयविदारक भागदौडको घटनाबाट हामी अत्यन्तै दुखी भएका छौं। महाकुम्भमा भएको भागदौडको घटना अत्यन्तै दुखद छ । उक्त हृदयविदारक घटनामा दिवंगत हुनुभएका आत्माहरूप्रति विनम्र श्रद्धाञ्जली अर्पण गर्दै घाइते हुनुभएका भक्तहरूका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं साथै घाइते सबै भक्तजनहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

तिर्थराज प्रयागराज महाकुम्भमा जाने सम्पूर्ण भक्तजनहरुलाई कुनै पनि अफवाहमा ध्यान नदिई प्रशासनले दिएको निर्देशन पालना गर्नुका साथै महाकुम्भमा स्नानका लागी सहभागी हुने भक्तजनहरुले आफु नजिकैको घाटमा पवित्र स्नान गर्न हार्दिक अपिल गर्दछौं ।

Advertisement