एन.आइ.कप २०८१ ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल ग्लोबल बिजनेस कलेजले जित्यो

 

अभिलाष गुप्ता
माघ १७ बिरगंज

Advertisement

नेशनल इन्फोटेक कलेजद्वारा बिरगंजमा आयोजित चौथो संस्करणको नेशनल इन्फोटेक एनआइ कप – २०८१ ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा ग्लोबल बिजनेस कलेजले जित हासिल गरेको छ।विजेता टोलीलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले ट्रफी हस्तान्तरण गरेका छन् । एनआइ कलेजका संस्थापक निर्देशक मनिष सिंहको सभापतित्वमा भएको समापन कार्यक्रममा पर्सा क्रिकेट सङ्घलगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

माघ ५ गतेदेखि सुरु भएको प्लस टू स्तरीय प्रतियोगितामा वीरगञ्जका ९ र हेटौँडाका १ गरी कुल १० टोलीले सहभागिता जनाएका थिए ।विशेष गरी अन्तिम पाँच ओभरमा बलरहरूले विपक्षी टोलीलाई रन बनाउन सीमित राखे ।

Advertisement

प्रतियोगिताको फाइनल खेल अत्यन्तै रोमाञ्चक रह्यो, जहाँ बलरहरूले खेलको दिशा परिवर्तन गरे । ग्लोबल बिजनेस कलेजको जितमा बलिङ विभाग निर्णायक बन्यो, जसले अन्तिम ओभरसम्म विपक्षी टोलीलाई दबाबमा राख्न सफल भयो । ज्ञानदा एकेडेमीका खेलाडीहरूबिच आवश्यक साझेदारी बन्न नसक्दा जित सम्भव भएन । खेलको प्रमुख आकर्षण आदर्श भण्डारीको उत्कृष्ट इनिङ्स रह्यो, जसको धैर्यपूर्ण ब्याटिङले टिमलाई जितको आधार तयार गरिदियो ।

ज्ञानदा एकेडेमीका ब्याटरहरूले संयम अपनाउँदै साझेदारी कायम गर्न सक्ने थिए भने खेलको नतिजा फरक हुन सक्थ्यो । तर, नियमित अन्तरालमा विकेट गुमाउँदा दबाब बढ्दै गयो र अन्ततः जित हातबाट गुम्यो । अर्कोतर्फ, ग्लोबल बिजनेस कलेजले बलिङ विभागमा उत्कृष्ट रणनीति अपनाएर विपक्षी टोलीलाई लक्ष्यसम्म पुग्न नदिने खेल कौशल देखायो ।

Advertisement