बीपीएस प्लस टु कलेजमा खेलकुद सप्ताहको तेस्रो दिन आज दुई खेल सम्पन्न

 

अभिलाष गुप्ता
माघ १८ बिरगंज

Advertisement

बिरगंजमा रहेको बीपीएस प्लस टु कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि बुधबार सुरु भएको खेलकुद सप्ताहको तेस्रो दिन आज कबड्डी र खो खो खेल सम्पन्न भएको छ ।
पहिलो दिन (बुधबार) ब्याटमिन्टन र फुटबल दोस्रो दिन लुडो,चेस, स्किपिंग, टग अफ वार भएको थियो भने आज (शुक्रवार) कबड्डी र खो खो सम्पन्न भएको हो ।

खेलकुद सप्ताहको तेस्रो दिन आज विशिष्ट अतिथिको रुपमा सहभागी भई नेपाल पत्रकार महासंघ पर्सा शाखाका सहसचिव अजय चौरसिया, नेेपाल खेलकुद पत्रकार मञ्च पर्सा शाखाका अध्यक्ष तिवारी यादव र रातो पानाका सञ्चालक श्याम सर्राफले खेलाडीहरुको मनोबल उच्च पारेका थिए ।

Advertisement

अतिथिहरुले बालबालिकाको चौतर्फी विकासमा ध्यान दिन शैक्षिक संस्थाहरुको पनि जिम्मेवारी रहेको जिकिर गर्दै विद्यार्थीहरुको क्षमता पहिचानका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरकोमा प्रशंसा गरेका थिए । साथै आउने दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन सुझाएका थिए । खेल सप्ताहभर बैडमिन्टन, फुटबल, चेस, लुडो, स्किपिङ, डोरीयन, कबड्डी, खो-खो, स्लो साइकल, रेस, स्पुन मार्बल, म्युजिकल चेयर जस्ता विभिन्न प्रतियोगिता सञ्चालन गरिने निर्देशक सन्दीप कुशवाहाले जानकारी गराए।

कलेजका शैक्षिक निर्देशक दीपक पटेलले विद्यार्थीहरूको प्रतिभा पहिचान गर्न खेलकुद महत्वपूर्ण हुने बताउँदै, अतिरिक्त क्रियाकलापले उनीहरूलाई सफलतातर्फ डो-याउने विचार व्यक्त गरे। साथै, उनले विद्यार्थीहरूलाई खेलकुदमा सहभागी भई आफ्नो प्रतिभा उजागर गर्न प्रेरित गरे।
कार्यक्रमका दौरान कलेजका खेलकुद संयोजक आकाश पटेलले प्रतियोगिताहरूबारे जानकारी गराएका थिए ।

Advertisement

No popular posts found.