सामुदायिक प्रहरी सेवा कुम्हालटाेल द्वारा अवैध लोकल घरेलु मदिरा नियन्त्रण

अभिलाष गुप्ता
माघ १९ बिरगंज

आज शनिबारको दिन सामुदायिक प्रहरी सेवा कुम्हालटाेल द्वारा अवैध लोकल मदिरा नियन्त्रण लिईएको हो।सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका अध्यक्ष रमेश चौधरीको नेतृत्व मा गएको टोलि द्वारा सो अवैध लोकल मदिरा नियन्त्रणमा लिईएको हो।

Advertisement

बिरगंजको रेल्वे रोडमा रहेको मदिरा पसल बाट एवम् नगवा चौक, बोखार चौक ,जेलरोड चौक आसपासको मदिरा पसलमा बाट नियन्त्रणमा लिईएको हो।

पर्सा प्रहरीले अवैध रूपमा सञ्चालित घरेलु मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आइरहेको छ। तेहि अभियान अन्तरगत आज यो कार्य गरिएको अध्यक्ष रमेश चौधरीले जानकारी गराएका हुन। उनले भने सामुदायिक प्रहरी सेवाको भूमिका सशक्त बनाउन नागरिक सहभागिता आवश्यक रहेकोमा समेत जोड दिएका थिए।

Advertisement

आज करिब १ सय लिटर तयारी अवैध लोकल घरेलु मदिरा
नियन्त्रणमा लिईएको हो। उक्त अवैध लोकल घरेलु मदिरा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको टोलि लाई बुझाईएको एवम् भोलि नस्ट गरिने जानकारी गराएका थिए।

Advertisement