अभिलाष गुप्ता
माघ २० बिरगंज
Advertisement
आज साउथजोन माध्यमिक बिधालयको १६ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको हो। उक्त वार्षिकोत्सब समारोहको उद्घाटन खानेपानी मन्त्री प्रदिप यादवले गर्नुभएको छ। मन्त्री यादवले अब देशभरमा रहेको सामुदायिक बिधालयहरुको खानेपानी नि-शुल्क उपलब्ध गराउने बताएका छन् ।बीरगंजबासीको नाम उच्च राख्दै नाम हसाउने काम कहिले नगर्ने मन्त्री यादवले उदघोष सो साउथजोन माध्यमिक बिधालयको वार्षिकोत्सब समारोह मार्फत जानकारी गराउन चाहेको बताए ।मन्त्री यादवले भने साउथजोन माध्यमिक बिधालयले छोटो समयमा हरेक क्षेत्रमा उत्कृष्ट शिक्षा तथा अन्य क्रियाकलाप सफलता हासिल गर्न प्रिन्सिपल चौधरी र अन्य शिक्षक शिक्षिकाहरुको उल्लेखनीय योगदान पुराउने धन्यवाद तथा शुभकामना समेत दिनुभएको थियो ।
उक्त कार्यक्रम बिधालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षता सम्पन्न भएको थियोे सो वार्षिकोत्सब समारोहमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,प्याब्सनका पुर्व केन्द्रीय सदस्य तथा सल्लाहकार एवम् समाजसेवी प्रकाश उपाध्याय,शिक्षा महाशाखाका अधिकृत हरि राउत ,प्याब्सन मधेस प्रदेश सल्लाहकार श्याम केसी ,बिधालयका निर्देशिका सुर्यमाया खड्का ,सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई,डिएभी स्कुलका प्रिन्सिपल राकेश मिश्र ,प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह,उपाध्यक्ष विरेन्द्र यादव ,कोषाध्यक्ष प्रविन चौधरी ,ज्ञान्दा एकेडेमीका प्रिन्सिपल राजेन्द्र कोइराला ,एन प्याब्सन महानगर अध्यक्ष जियालाल गुप्ता मानव आश्रमका ,देवेश मानवसेवा ,फजिल अहमद वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष ,कमल चौगाई ,तथा अभिभावक विद्यार्थी लगायतको उल्लेखनीय सहभागी रहेको थियो ।वार्षिकोत्सबको अवसरमा वर्षभरि विभिन्न क्षेत्रमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा अन्य क्रियाकलाप बिजेता भएका विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो ।
Advertisement
आजको कार्यक्रम संचालन सहायक प्रिन्सिपल अशोक संग्रोलाले गर्नुभएको थियो ।





















प्रतिक्रिया