जनमत पार्टी पर्साको पहलमा १३ औं शिविर सम्पन्न

 

अभिलाष गुप्ता
माघ २० बीरगंज

Advertisement

जनमतपार्टी,पर्साको लोककल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत पर्सा जिल्ला छिपहरमाई गाउँपालिका वडा नम्बर -५ भिस्वामा १३ औं शिविर सम्पन्न भएको छ ।

१३औ शिविरमा१८० जना महिला /पुरुष चेकजाँच गराई लाभान्वित भएका छन् । सो मध्ये ११० जनामा मोतियाबिन्द भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले बताए मोतियाबिन्दु भएकाकोहरुको शल्यक्रिया वीरगन्ज सामुदायिक आखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए ।

Advertisement

हाम्रो अभियानबाट अहिले सम्म १५४० भन्दा बढी जन समुदाय लाभान्वित भएका छन भने ३७० भन्दा बढीको मोतिया बिन्दको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको वहाँले उल्लेख गरे ।जनमत पार्टी छिपहरमाई गाउँपालिका कमिटीका अध्यक्ष कृष्ण कुशवाहाको अध्यक्षतामा सम्पन्न शिविरमा वडा न.५ इकाई अध्यक्ष सुकेन साह,कानु,राकेश ठाकुर ,रुकसाना खातुन लगायतको सक्रिय सहभागीता रहेको थियो।यो अभियान पर्साको गाउँ देखि सहर सम्म जारी नै रहने अध्यक्ष ओम प्रकाश सरार्फले बताए।

Advertisement