अभिलाष गुप्ता
माघ २१, वीरगन्ज
Advertisement
बिरगंज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित काभ्या एकेडेमीका स-साना बालबालिका द्वारा नृत्य एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसिया आतिथ्यमा एवम् हरिन्द्र कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको हो।
विशिष्ट अतिथी बिपि.एस +२कलेजका सन्चालक सन्दिप कुश्वाहा, वडा नम्बर १६ का प्रहरी वरिष्ठ नायब निरीक्षक रुपेस कुमार झा,रेडियो नेपाल बिरगंजका प्रमुख राजेन्द्र सिंह राजपुत,नागरिक समाजका मनोज मिश्रा,बिनोद पटेल,सन्तोशानन्द,कन्हैया पटेल,वरिष्ठ समाज सेवी सुरेन्द्र कानु विद्यार्थीवर्ग,अभिभावकवर्ग,समाजिक अभियान्ता, टाेल वासीहरु लगाएतकाहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
रेडियो नेपाल बिरगंजका प्रमुख राजेन्द्र सिंह राजपुतका भनाई अनुसार यस बिधालयले शिक्षा क्षेत्रमा धेरै उत्कृष्ट योगदान गरेको चर्चा गर्नुभएको थियो ।बिधालयले आधुनिकता संगै विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा राम्रो गरिरहेको बताए । आफुलाई बिधालयको गतिविधि देखेर धेरै खुशी लागेको र आगामी दिनहरुमा थप यो भन्दा राम्रो अगाडि बढेको देख्न पाउ भनेर शुभकामना दिनुभएको थियो । उनले भने स-साना बालबालिकाहरुको नृत्य तथा विभिन्न जातजातिको संस्कार र संस्कृति र उत्कृष्ट शिक्षा प्रदान गरेकोमा उहाँले बधाई समेत दिनुभएको हो ।
Advertisement
नागरिक समाजका मनोज मिश्राका अनुसार आज वसन्त पञ्चमी अर्थात सरस्वती पुजाको दिन । यो दिन प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गरिन्छ।
उक्त समारोहमा बिधालयले पी.जी. देखि कक्षा ८ सम्मका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गर्नुको साथै विभिन्न बिधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत प्रमाणपत्र एवं टिका अबिर लगाई सम्मानित गरिएको थियोे ।
Advertisement
उक्त कार्यक्रम सन्चालन काभ्या एकेडेमीका प्रीन्सिपल ममता सिन्हाले गरेकी थिईन।





















प्रतिक्रिया