पर्सा प्रहरी द्वारा २ लाख ५७ हजार बराबरको ईलेक्ट्रोनिक्स सामान बरामद

 

अभिलाष गुप्ता
माघ २१ बिरगंज

Advertisement

पर्सा प्रहरी द्वारा २ लाख ५७ हजार ६ सय बराबरका ईलेक्ट्रोनिक्स सामानहरू बरामद गरेको छ ।पर्साको अशोक बाटिका १० लगायत विभिन्न स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न ईलेक्ट्रोनिक्स सामानहरू पर्सा प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले दुई लाख सन्तावन्न हजार बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताएका हुन ।

Advertisement

No popular posts found.