जगरनाथपुरको मदरसा विद्यार्थीलाई चौधरीद्वारा सुइटर सहयोग

 

अभिलाष गुप्ता
माघ २२ बिरगंज

Advertisement

बिरगंज जगरनाथपुर: जनमत पार्टीका युवा नेताप्रसाद चौधरीले पर्सा जिल्लाको जगरनाथपुर गाउँमा रहेको इस्मालिया दारुल क़ुरआन मदरसामा अध्ययनरत विद्यार्थीलाई सुइटर सहयोग गरेका छन्।

एक विशेष कार्यक्रमका बीच नेता चौधरीले अति गरिब र आवश्यकता देखिएका २० जना बालबालिकालाई सुइटर प्रदान गरेका हुन्। चिसो बढ्दै गएसँगै विद्यार्थीलाई केही राहत पुर्‍याउने उद्देश्यले गरिएको यो सहयोग स्थानीय स्तरमा सराहनीय रहेको छ।

Advertisement

क्षेत्र न. ४ मा रहेको क्षेत्रिय पार्टी कार्यालय मै यी मदरसाका शिक्षक मौलवी मुफ़्ती सग़ीर अहमद लाइ हस्तान्तरण गरिएको थियोे। उक्त सुइटर वितरण कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षक, र अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा युवा नेता चौधरीले बालबालिकाको लागि चिसोबाट जोगिन सुइटर सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “बालबालिकालाई चिसोबाट जोगाउन यो सानो प्रयास हो। भविष्यमा पनि जसरी सकिन्छ, सहयोग गर्दै जानेछु।”

Advertisement

मदरसाका शिक्षक र अभिभावकहरूले चौधरीको यो सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन् कि यसले बालबालिकाको स्वास्थ्य र शिक्षामा सकारात्मक प्रभाव पार्नेछ।यो कार्यक्रमले स्थानीय समुदाय र गरिब बालबालिकाको हितमा सहयोगका प्रयासलाई प्रोत्साहन दिने आशा गरिएको छ।