उपकार सेवा नेपाल द्वारा बिरगंजका दुई जना अपांगता भएका व्याक्तिलाई ह्वील चेयर प्रदान

 

अभिलाष गुप्ता
माघ २२ बिरगंज

Advertisement

आज उपकार सेवा नेपाल द्वारा बिरगंजका दुई जना अपांगता
भएको व्यक्तिलाई ह्वील चेयर सहयाेग गरेको छ।उक्त संस्थाले बिरगंज महानगरपालिका वडा नम्बर १ छपकैयाका व्यक्ति रन्जन दास र श्यामनाथ तुरहालाई १/१ थान ह्वील चेयर प्रदान गरेको हाे।

सोको जानकारी सामाजिक अभियन्ता प्रकाश थारूले गराएका हुन उनका अनुसार केही दिनअघि आयोजित निःशुल्क आँखा शिविरका क्रममा ती व्यक्तिरूसँग भेटघाट भएको थियो। उक्त शिविरका क्रममा उनीहरूको असहज परिस्थितिबारे जानकारी पाएपछि अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगी सहितकाे टाेलीले मंगलबार छपकैयामै पुगेर दुवै जनालाई ह्वील चेयर प्रदान गरेकी हुन्।

Advertisement

संस्थाकाे सहयोगले रन्जन दास र श्यामनाथ तुरहाको दैनिक जीवनयापनमा सहजता ल्याउने विश्वास गरिएको थारुले बताए।कार्यक्रममा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफकाे पनि उपस्थिति रहेको थियो।

Advertisement

No popular posts found.