नारायणी अस्पतालका डाक्टरहरुकाे आन्दाेलनमा नेविसंघ द्वारा ऐक्यबद्धता

 

अभिलाष गुप्ता
माघ २२ बिरगंज

Advertisement

नारायणी अस्पतालका डाक्टरहरुकाे आन्दाेलनमा नेविसंघ द्वारा ऐक्यबद्धता जनाएको छ।बिरगंजको नारायणी अस्पतालमा ५ सय शैयाको भवन निर्माणका लागि अस्पतालका चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरुले थालेको आन्दोलनप्रति नेपाली कांग्रेसकाे भातृ संगठन नेविसंघ पर्साले पनि समर्थन र ऐक्यबद्धता जनाएको छ ।

सरकारले पाँच वर्षअघि मन्त्रीपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रिय अस्पताल घोषणा गर्दै ५ सय शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेपनि शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनि ठेकेदार बीचको विवाद अदालतमा पुगेपछि ५ बर्षदेखि भवन निर्माण कार्य अन्योलमा रहेको छ।

Advertisement

भवन निर्माणको विवाद सम्बन्धि मुद्धाको पेशी सर्वोच्च अदालतमा यहि माघ २८ गते छ । अदालतले उक्त मुद्धाको छिनोफानो गरेर भवन निर्माणको प्रकृया छिट्टै सुरु गर्नुपर्ने माग राखेर नारायणी अस्पतालका डाक्टर,नर्स र कर्मचारीहरुले गत शुक्रबार बिहान अस्पताल अगाडिको त्रिभुवन राजपथको सडकमा एप्रोन लगाएरै सडकमा धर्ना दिएका थिए ।

उक्त अवसरमा नेपाली कांग्रेस पर्साका सदस्य रामनिवास यादव,नेविसंघका केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने,युवा नेता मनिष यादव, उपाध्यक्ष बर्कत आली,राहुल पटेल,प्रकाश राैनियार, सचिव पवन पटेल, विकास मण्डल दिलिप साह लगायतकाहरुको पनि सहभागीता रहेको थियाे।

Advertisement

उक्त आन्दोलनप्रति मंगलबार नेविसंघ पर्साले समर्थन जनाएको संघका पर्सा सभापति रमेश यादवले बताए।आज नेविसंघका नेताकार्यकर्ताहरुले अस्पताल परिसरमा पुगेर भवन निर्माण संघर्ष समितिका संयोजक तथा अस्पतालका बरिष्ठ चिकित्सक डा. नीरज सिंहलाई नेविसंघको तर्फबाट ऐक्यबद्धता रहेको पत्र हस्तान्तरण गरेको यादवले बताए ।