राष्ट्रिय मुक्ति पार्टी नेपाल द्वारा फागुन १ गते देखि बिरोधका कार्यक्रम गर्ने

 

अभिलाष गुप्ता
माघ २३ बिरगंज

Advertisement

राष्ट्रिय मुक्ति पार्टी नेपाल द्वारा फागुन १ गते देखि बिरोधका कार्यक्रम गर्ने भएको हो। आज राष्ट्रिय मुक्ति पार्टी नेपाल का संयोजक राजेश साहको अध्यक्षता बसेको बैठक बाट उक्त निर्णय गरिएको हो। सो बैठकमा पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानी, अनिरुद्ध प्र.कलवार, रेखा घिमरे लगायत जिल्लाका नेताकहरूको विशेष उपस्थिति रहेको थियोे।उक्त बैठक बाट निम्न निर्णय गरीएको छ ।

पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिका को नगर प्रमुखलाई मिति २०८१-७-५ गते का दिन बुझाइएको ज्ञापन पत्रमा कुनै सुनवाई न भएकोले फागुन १ गते बिहीबारका दिन देखि बिरोधका कार्यक्रम गर्ने निर्णय गरिएको हो। ” पोखरीया नगरपालिका संग गरिएको मागहरू ” यस प्रकारका छन।हालमा बढाईएको सम्पत्ति कर फिर्ता गर्नु पर्ने।
कर्मचारीहरूलाई समयमा तलब दिनु पर्ने।
नगरपालिका भित्र भईरहेको ठगी धन्दा बन्द गर्नु पर्ने
निर्माण कार्य सम्पन्न गरेकालाई भुक्तानी दिनु पर्ने ।
नगर बिस्तारमा जग्गा धनी तथा खरिद कर्ताको जग्गा दिनु पर्ने।
स्वास्थ्य बिमा गराएकाहरूलाई औषधि उपलब्ध गराउनु पर्ने।
यस नगरपालिकाबाट मधेश आन्दोलनको क्रममा शहीद भएका बिरबल मुखिया बिन तथा शहीद चंदन पटेलको नाममा शहीद पार्क निर्माण गर्नु पर्ने।मागहरु रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानीले जानकारी गराएका हुन।उनका भनाई अनुसार फागुन ७ गते पार्टी कार्यालयको उदघाटन जिल्ला कार्य समितिको बिस्तार गर्ने भनेका थिए।

Advertisement