सशस्त्र प्रहरी बलद्वारा अबैध भन्सार छलीका मोबाइल पार्ट्स भैँसी पक्राउ
अभिलाष गुप्ता
माघ २४ बिरगंज
Advertisement
बीरगंजमा भन्सार छली गरी ल्याइएको विभिन्न कम्पनीको मोबाइल पार्ट्स,इलेक्ट्रोनिक समान लगायत विभिन्न सामान बरामद गरिएको हो।सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगंजबाट डीएसपी लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाकाे आधारमा बुधबार बीरगंज महानगरपालिका-१०, गोश्वारा सडकखण्डमा मोटरसाइकल खान तलासी गर्ने क्रममा अवैध रूपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको करिब २ लाख रुपैयाँ बराबरका मोबाइल पार्ट्स एवम् इलेक्ट्रोनिक सहित विभिन्न सामान बरामद गरिएको डिएसपी लोकेन्द्र सुब्बाले जानकारी दिए ।
उक्त बरामद गरिएको समान तथा उक्त सम्मान बोक्ने रु.२ लाख रुपैयाँ बराबरको मोटरसाइकल जम्मा ४ लाख रुपैयाँ बराबरको सामान आवश्यक कानुनी कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सुब्बाले बताए ।
Advertisement
आज बुधबारकै दिन सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मीपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलिले विशेष सूचनाको आधारमा अवैधरुपले भित्राएको पशु चौपाया नियन्त्रणमा लिएका छन् ।
खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा बीरगंज महानगरपालिका वडा नम्बर १ भकुवा खोला नाकाबाट भित्र्याउँदै गरेका करिब ५० हजार बराबरको १ वटा भैसी र १ वटा पाडा नियन्त्रणमा लिएका छन् । सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले नेपालको खुल्ला सीमाको दुरुपयोग हुनबाट जोगाउन सशस्त्र प्रहरीको सक्रियता बढाएसँगै भन्सार छली गरेर ल्याएका सामान पक्राउ पर्ने क्रम बढेको बताए। उनले भन्सार छली गरेर बरामद भएको सामानलाई बीरगंज भन्सार कार्यालयमा आवश्यक प्रक्रिया पुर्याएर बुझाएको जानकारी दिए।





















प्रतिक्रिया