अभिलाष गुप्ता
माघ २४ बिरगंज
Advertisement
श्री शिवशक्ति कोटी होम महायज्ञको शुभारंभ महायज्ञ मुल समिति द्धारा उदघाटन गरि बिधिवत रुपले आज बाट सुरु भएको छ।आज बिहिवारको दिन नेशनल मेडिकलको दक्षिन तिर करीब २ सय मिटर अगाडि बिश्रमपुर वडा नम्बर ५ स्थित ईटियाहीमा श्री शिवशक्ति कोटी होम महायज्ञमा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष जुल्फकार अली भुट्टो (जुबेर भाई) महायज्ञ मुल समितिका अध्यक्ष शिव शंकर प्रसाद यादव,वडा नम्बर ५ ईटियाहीमको वडा अध्यक्ष अमिरी गुप्ता, २ नम्बरका वडा अध्यक्ष मनोज यादव द्धारा सन्युक्त रुपमा रिबन काटी श्री शिवशक्ति कोटी होम महायज्ञको शुभारंभ उदघाटन गरिएको थियोे।
उक्त महायज्ञको पुजामा १५ जोडी जजमान रहेको प्रचार प्रसार समितिका संयोजक राज सर्राफले जानकारी गराएका थिए। सो महायज्ञमा महायज्ञ मुल समितिका अध्यक्ष शिव शंकर प्रसाद यादव,गाउँ पालिका उपप्रमुख प्रियंका देबी,
प्रचार प्रसार समितिका संयोजक राज सर्राफ लगाएतका स्थानीय भक्तजनहरुको १५ जोडी श्रीमान एवम् श्रीमती सो महायज्ञको पुजामा जजमानीको रुपमा पुजा आराधना गरी बिधिवत रुपले शुभारंभ भएको हो। उक्त पुजा लगातार २२ दिन सम्म चलने आयोजकले जानकारी गराएको छ।
Advertisement
यस श्री शिवशक्ति कोटी होम महायज्ञमा सुरक्षा लाई मध्य नजर गर्दै ९ ओटा सिसि टिभी र २ सय भन्दा बढी सवेम सेवकहरु परिचालन हुने छ ।
यो शिवशक्ति कोटी होम महायज्ञ मधेश प्रदेशमै यस्तो ठुलो महायज्ञ हुने भएकोले यस्को अनुमानित लागत १ करोड ३० लाख लागने भएकोले यस पुनित कार्यमा हामी सबैजना मिलेर कार्य गर्नु पर्ने छ।
Advertisement
यो महायज्ञमा सानो ठुलो गरि १ हजार ११ पिस मुर्तिहरु बनाईएको छ ।आज बाट महायज्ञ बिधिवत रुपले संचालन भएको हो ।यो महायज्ञ १ महिना चल्ने छ यस महायज्ञमा बच्चाहरुकोलाई विभिन्न मनोरञ्जनका जस्तै टावर झुला,मौतका कुवा, सर्कस,नाव झुला, डैनसिग झुला इत्यादि मनोरञ्जनका ब्यवस्थापन गरिएको छ भने बृन्दावन बाट आई यहाँ महायज्ञ स्थलमा राम लिला ,रास लिला आदि कार्यक्रमहरु पनि गराईने छ।
यस महायज्ञमा धेरै भन्दा धेरै भक्तजनहरु सहभागी भई सहयोग गरौं र पुन्य को भागी बनौं भनेर आ-आफ्नो तर्फ बाट सक्दो सहयोग गरौं उक्त कार्यक्रममा गाउँका बुद्धिजीवी,नागरिक समाज,अगुवा कार्यकर्ता एवम् पदाधिकारीहरु,भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।
No popular posts found.












प्रतिक्रिया