अभिलाष गुप्ता
माघ २४ बिरगंज
Advertisement
आज त्रिभुवन हनुमान माध्यमिक बिधालय रेशमकोठीमा अध्ययनरत २ जना जेहन्दार छात्र लाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम स्कुल ब्यवस्थापन
समितिका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त छात्रवृत्ति भरत मायादेवी सेवा समिति रेशमकोठी द्वारा प्रदान गरिएको हो। कार्यक्रममा भरत मायादेवी छात्रवृत्ति रेशमकोठीका संरक्षक डाक्टर रामभक्त ठाकुरले प्रदान गर्नुभएको थियोे भने समितिका अध्यक्ष र कोषाध्यक्षको पनि उपस्थिति रहेको थियोे।
त्रिभुवन हनुमान माध्यमिक बिधालयका प्रअ.कविता कुमारी फुयाँल लगाएत सम्पुर्ण शिक्षक,शिक्षिकाहरुको एवं विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको हो । दुइ जना एक छात्र र एक छात्रालाइ जनहि छ हजार एकसय एकका दरले दिईएको थियोे।
Advertisement
भरत मायादेवी छात्रवृत्ति रेशमकोठीका संरक्षक डाक्टर रामभक्त ठाकुरका अनुसार छात्रालाई स्वा. बुवा आमाको नामको छात्रवृत्ति पुरस्कार दिँदा मन प्रसन्न भयो।यो त्यही स्कूल हो जहाँ मैले फीस तिर्न नसकेर मेरो नाम काटेको थियो। अब कुनै जेहन्दार विद्यार्थीको नाम नकाटीयोस आमाको इच्छा पूरा गर्न म यो छात्रवृत्ति पुरस्कार दिएको बताएका थिए। आगामी दिनमा पनि म संग जे हुन्छ म गर्ने छु भनी प्रतिबद्धता जाहिर गरेका थिए।आजको यस कार्यक्रममा प्रधानाध्यापक कविता कुमारी फुयाल, अध्यक्ष केडीया, र अन्यले यसमा प्रकाश पार्नु भएको थियो।
प्रधानाध्यापक कविता कुमारी फुयालले भरत मायादेवी सेवा समिति रेशमकोठीका संरक्षक डाः रामभक्त ठाकुरले आज हाम्रो विद्यालयको कक्षा नौ मा अध्ययनरत जेहन्दार तथा गरिव एक जना छात्रा र एकजना छात्रलाई छात्रवृत्ति वितरण गर्नु भएकोमा हृदयदेखि नै धेरै धेरै धन्यवाद दिएकी थिईन।





















प्रतिक्रिया