अभिलाष गुप्ता
माघ २४ बिरगंज
Advertisement
आज बिरगंज महानगपालिकाका उप प्रमुख इम्तियाज आलम द्वारा श्री दलित मुक्ति आधारभूत विद्यालयमा अनुगम गरिएको हो। बिरगंज महानगरपालिका वडा नं.३२ स्थित रामवनमा रहेको श्री दलित मुक्ति आधारभूत विद्यालय अनुगमन गरिएको थियोे । उक्त विद्यालय लाई चाहिने जनशक्ति देखि लिएर विद्यालयको भवन को छत ढलान गर्ने विद्यालयको शिक्षक एवम् स्थानीयहरु संगको कुराकानीमा प्रतिबद्धता जनाएका थिए। साथै सोही ठाउमा रहेको गुम्बा को छत ढालान पनि गरिदिने आश्वासन दिनु भएको छ ।
उक्त बिधालयका प्रअ चन्द्रा शाही,विधालय व्यबस्थापन समितिका अध्यक्ष सुसन पौडेल,शिक्षक सन्तोष सराफ ,शिक्षक राम पौडेल , कन्हैयालाल कायस्त, रिनकु चौधरी लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो। विद्यालयमा अनुगमका कर्ममा बिरगंज महानगपालिकाका उप प्रमुख इम्तियाज आलमले म सग जे जति हुन्छ म गर्ने छु र विद्यार्थीहरुको लागि आउने दिनमा पनि बिरगंज महानगरपालिकाले जति सहयोग हुन्छ गर्ने प्रतिबद्धता जाहिर गर्नु भएको थियोे।




















प्रतिक्रिया