लायन्स क्लब अफ बिरगंज संस्कृति गोल्ड द्वारा इन्दु लाखे आधारभूत विद्यालयमा शैक्षिक, खाद्य तथा कपडा सहयोग

 

अभिलाष गुप्ता
माघ २४ बिरगंज

Advertisement

 

लायन्स क्लब अफ बिरगंज संस्कृति गोल्ड र लियो क्लब अफ बिरगंज संस्कृति गोल्ड द्वारा श्री माइस्थान बालविद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा शैक्षिक, खाद्य तथा कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

कार्यक्रम क्लब अध्यक्ष लायन रितिका जायसवालको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा विशेष उपस्थिति बिरगंज मेट्रोसिटी लायन्स क्लबका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक्ट चेयरम्यान एमजेएफ अशोक बेरीवाल, भूतपूर्व अध्यक्ष आयुषी अग्रवाल, पिया सिंह, इन्दु श्रेष्ठ, लियो क्लब अध्यक्ष रौनक जायसवाल,बिरगंज ग्रीन क्याम्पस लायन्स क्लबका भूतपूर्व अध्यक्ष उमेश साह कानूको उपस्थिति रहेको थियो।

कार्यक्रममा लायन्स क्लबका पदाधिकारीहरू, लियो क्लबका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका, पत्रकार, समाजसेवी तथा शिक्षाप्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो। बालबालिकाहरूलाई शैक्षिक सामग्रीसँगै खाद्य सामग्री प्रदान गरी उनीहरूको अध्ययन र स्वास्थ्यमा सहयोग गरिएको थियोे।

Advertisement

No popular posts found.