शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान द्वारा नि:शुल्क न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
माघ २५ बिरगंज

Advertisement

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्सा द्वारा वीरगन्ज -१ बजार छपकैयामा शुक्रबार नि:शुल्क कम्बल वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रतिष्ठान का वरिष्ठ सल्लाहकार समाजसेवी प्रकश कुमार उपाध्यायको प्रमुख आतिथ्यमा भएको सो कम्बल वितरण कार्यक्रममा दलित अगुवा अशोक राउत,कृष्ण प्रसाद कानु,सिमा देवि कानु,सुमिइत गुप्ता एवं प्रतिष्ठानका सचिव लालबाबु सिंह को सहभागिता रहेको थियो ।

प्रमुख अतिथी उपाध्यायले जाडो मौसममा चिसोबाट प्रभावित वडावासीलाई राहत पुर्‍याउने उद्देश्य रहेको बताए। उनले आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

Advertisement

उनले भने, “यो सानो प्रयासले चिसोबाट पीडित वडावासीलाई केही राहत पुर्‍याउन सकेकोमा खुशी छु। भविष्यमा पनि समुदायको सहयोगका लागि निरन्तर लागिरहनेछु।”

Advertisement

No popular posts found.