अभिलाष गुप्ता
माघ २६ बिरगंज
Advertisement
त्रिभुवन बिधालयको ब्यवस्थापन समितिको अध्यक्षमा गोपाल केडिया दोस्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित भएका छन । बिधालयमा शुक्रबार भएको अभिभावक भेलाले केडियाको अध्यक्षतामा सदस्यहरु प्रभादेवी मेस्तर ,सुनिता देवि पण्डित,दिपक चौरसिया,रन्जित ठाकुर,अन्नु कुमारी लगायत ६ सदस्यीय समिती चयन गरेको बिधालयका वरिष्ठ शिक्षक निरंजन सिंहए बताउनु भयो ।
वीरगन्ज महानगर शैक्षिक प्रशासन महासंघका प्रतिनिधि राजिव गिरि को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अतिथिहरु वडा सदस्य पवन शर्मा,त्रीजुद्ध बिधालयका प्रअ नवीन मिश्रा,बिधालयका प्रअ कविता फुयाल लगायत बिधालयका शिक्षक, अभिभावक, बिद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।
Advertisement
सो अवसरमा अध्यक्ष केडियाले बिधालयमा गरिएको सुधार बिकासको कार्यको लागि सम्पुर्णले हामी माथी पुन विश्वास एवं माया गरि थप जिम्मेवारी प्रदान गर्नु भएकोमा धन्यवाद दिदै आगामी दिनहरुमा बिधालयको चौतर्फी बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
Advertisement
No popular posts found.












प्रतिक्रिया