

अभिलाष गुप्ता
माघ २६ बिरगंज
Advertisement
आज नेवा देय दबू बिरगंज महानगर कमिटीको आयोजनामा माईस्थान मन्दिर अगाडि बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेवा देय दबू बिरगंज महानगर कमिटीका अध्यक्ष सत्यम खडकीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथी डा.दिपक शाक्य एवं निजु राज भणडारीको आतिथ्यमा सम्पन्न भएको हो।उक्त रक्तदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जुलुम खडकि,कार्यक्रम सन्योजक दिनेश जोशी,महिला कोषाध्यक्ष साबाना श्रेष्ठ,जुलि श्रेष्ठ,प्रेमा श्रेष्ठ तथा मधेश प्रदेश वरिष्ठ उपाध्यक्ष दिपेन्द्र बैध,सुनिल श्रेष्ठ लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियोे।
उक्त कार्यक्रममा ७ महिला सहित ५५ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन रक्त दान गर्नु हुनेमा भिखा श्रेष्ठ,रेनु श्रेष्ठ,मनिषा चौधरी,नितेश पाण्डे,मनोहर शेष,सुनिल श्रेष्ठ ,बिनित कर्ण,सैलेन्द्र कुमार साह लगाएतकाहरुले रक्तदान गरेका थिए।
Advertisement
नेपाल रेडक्रस सोसाइटी रेशमकोठीको युवा संयोजक अभिलाष गुप्ताको विशेष उपस्थिति रहेको थियोे।सो कार्यक्रममा प्राविधिक सहयोग रक्त संचार बिरगंजका धिरेन्द्र झा,बिबेक यादव लगाएतकाहरुको सहयोगमा सम्पन्न भएको छ।
Advertisement
No popular posts found.












प्रतिक्रिया