बिरगंजका महिलाहरुको लागि पौस्टिक आहार एवम स्वास्थ्य खाध्य समाग्री वितरण

 

अभिलाष गुप्ता
माघ २६ बिरगंज

Advertisement

वीरगंज महानगरपालिका वार्ड नं १५ मा महिलाको लागि पौस्टिक आहार एवम स्वास्थ्य खाध्य समाग्री वितरण गरिएको छ। वीरगंज महानगरपालिका वार्ड नं १५ को सहयोगमा र युथ स्किलस एण्ड सोस्ल डेभलपमेन्ट प्रा.लि पर्साको आयोजनामा महिलाको लागि पौस्टिक आहार एवम स्वास्थ्य खाध्य समाग्री अण्डा, सुजी,र मसुर दाल,रहर दाल,चाना दाल,मिठा वितरण गरेको हो ।वीरगंज महानगरपालिका वार्ड नं १५ लछुमनवा,भेडियाही,भिस्वामा १५० जना महिलाहरूलाई पौस्टिक आहार एवम स्वास्थ्य खाध्य समाग्री जस्तै सुजी,मसुर दाल,रहर दाल,चाना दाल,मिठा वितरण वितरण गर्दै वीरगंज महानगरपालिका वार्ड नं १५ का वडा अध्यक्ष रमेश प्रसाद यादवले भने महिला,गर्भावस्थामा बच्चा र आमा कसरी स्वस्थ रहने भन्ने बारेमा जानकारी दिन यो कार्यक्रम गरिएको बताए।

कार्यक्रम वीरगंज महानगरपालिका वार्ड नं १५ का  वडाध्यक्ष रमेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव बिरेन्द्र साह, युथ स्किल सोस्लस एण्ड डेभलपमेन्ट प्रा.लिका प्रतिनिधिहरू,स्थानीय समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Advertisement