अभिलाष गुप्ता
माघ २६ बिरगंज
Advertisement
आज आम नागरिक समाज द्वारा नारायणी अस्पताल निर्माणका लागि बिरगंजमा दबाब र्यालीको आयोजना गरेका छन।आज शनिवार बिहान अस्पतालबाट सुरु भएको र्यालीमा विभिन्न नागरिक समाजका अगुवा, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
उक्त र्याली नगरको विभिन्न स्थानको परिक्रमा गरि घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई सम्बोधन गर्दै सहभागीहरूले नारायणी अस्पतालको ५ सय सैयाको भवन निर्माण प्रक्रिया झन्डै ५ वर्षदेखि अलपत्र परेको भन्दै यसलाई यथाशीघ्र अघि बढाउनुपर्ने माग गरेका थिए।
Advertisement
उनीहरूले अस्पतालका पूर्वाधार अभावका कारण बिरगंजको नागरिकले स्वास्थ्य सेवामा कठिनाइ भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले बिरगंज तथा आसपासका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारले तत्परता देखाउनुपर्ने बताए । उनले भने अस्पताल निर्माण रोकिएको ५ वर्ष बितिसक्यो यो अन्याय हो । हामी यो विषयमा बेवास्ता गर्न सक्दैनौँ । अझै पनि यस मुद्दाको निस्कर्स निस्किएन भने हामी आमरण अनसन गर्नेछौ।
Advertisement
उक्त र्यालीमा बिरगंजका विभिन्न नागरिक समाजका अगुवा, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईंका अनुसार अस्पताल निर्माणको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने, अदालतले मुद्दाको छिनोफानो चाँडो गर्नुपर्ने तथा सरकारको चासो बढाउनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।





















प्रतिक्रिया