अभिलाष गुप्ता
माघ २६ बिरगंज
Advertisement
आज प्रेस चाैतारी नेपाल पर्साकाे निर्वाचनकाे अन्तिम मतगणना सम्पन्न भएको छ।आज भएकाे निर्वाचनकाे अन्तिम मतगणनामा अध्यक्ष पदका दुई उम्मेदवार निरञ्जन मिश्र र तुलसी भण्डारी दुवैले समान ४६/४६ मत पाएपछि बराबरी भएको थियाे। प्रेस चाैतारी नेपाल पर्साकाे पहिलाे कार्यकालकाे अध्यक्षमा निरञ्जन मिश्र निर्वाचित भएका छन्।
त्यसपछि चाैतारीकाे विधान अनुसार दुवै जनाबीच आधा आधा कार्यकाल बाड्ने सहमति बमाेजिम गाेला प्रथा गरिएको थियाे ।गाेला प्रथाबाट पहिलाे कार्यकालका लागि निरञ्जन मिश्र सफल भएका हुन् ।दाेस्राे कार्यकालकाे नेतृत्व तुलसी भण्डारीले गर्ने छन्।यस्तै खुल्ला उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली,महिला उपाध्यक्षमा लक्ष्मी खरेल,सचिवमा कृष्ण कुशवाहा,सहसचिवमा पन्नालाल प्रसाद,समावेशी सहसचिवमा मन्सुर खान र काेषाध्यक्षमा सन्ताेष पटेल निर्वाचित भएका छन्।प्रेस चाैतारी पर्साकाे नयाँ नेतृत्व चयनका लागि शनिबार भएकाे निर्वाचनमा कूल ११० मतमध्ये ९५ मत खसेकाे थियाे।




















प्रतिक्रिया