जनमत पार्टी पर्साको आयोजनामा १५ औं निशुल्क आँखा शिविर सम्पन्न

 

अभिलाष गुप्ता
माघ २७ बिरगंज

Advertisement

जनमतपार्टी,पर्साको लोककल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत आज पर्सा जिल्ला जगरनाथपुर गापा वडा न.३ खलुचडीमा १५ औं शिविर सम्पन्न भएको छ । आजको शिविरमा १५९ जना महिला /पुरुष चेकजाँच गराई लाभान्वित भएका छन् । सो मध्ये ५४ जनामा मोतियाबिन्द भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी गराए । मोतियाबिन्दु भएकाकोहरुको शल्यक्रिया वीरगन्ज सामुदायिक आखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए ।
जनमत पार्टी क्षेत्र न.४ का संयोजक बृजेश्वर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम गादीमाई साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष सहरुम राउत गद्दी , स्थानीय अगुवाहरु सोनालाल रौनियार ,मदिस राउत गद्दी ,तबरेज राउत गद्दी प्रहरी सहायक निरीक्षक पल्टु ठाकुर जनमतका नेताहरू जय भोले, रुक्सना खातुन लगायतको सक्रिय सहभागीता रहेको थियो ।

हाम्रो अभियानबाट अहिले सम्म १८ सय ६० भन्दा बढी जन समुदाय लाभान्वित भएका छन भने ५१० भन्दा बढीको मोतिया बिन्दको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको जिल्ला अध्यक्ष सरार्फले उल्लेख गरे । यो अभियान पर्साको गाउँ देखि सहर सम्म जारी नै रहने अध्यक्ष सरार्फले बताए।

Advertisement