प्रमुख जिल्ला अधिकारी द्वारा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा स्थलगत अनुगमन

 

अभिलाष गुप्ता
माघ २८ बिरगंज

Advertisement

प्रमुख जिल्ला अधिकारी द्वारा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा स्थलगत अनुगमन गरिएको छ।प्रस्तुत विषयमा राष्ट्रिय अभियानको रुपमा संचालित HPV खोप कार्यक्रम संचालन पूर्व जिल्ला खोप समन्वय समितिको बैठकमा पूर्व तयारी लगायतका विषयमा विस्तृत छलफल भएको विषय विदितै छ। आइतबारको दिन स्थलगत अनुगमनको क्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा संचालन भएको खोप कार्यक्रममा गंभीर लापरवाही भएको देखिएको थियोे। उक्त विद्यालयको खोप कार्यक्रम स्थगन गरी निम्नानुसार गर्न निर्देशन गरिएकोले उल्लेखित विषयहरु पूर्ण कार्यान्वयनको सुनिश्चितता गरी आगामी दिनमा यस्तो लापरवाही नहुने कुराको सुनिश्चितता गरेर मात्र खोप कार्यक्रम संचालन गराउनु हुन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आदेश दिएका थिए।

उक्त खोप कार्यक्रममा सहभागी किशोरीहरुको नाम दर्तामा क्रममा विद्यालयका विधार्थीहरुलाई प्रयोग गरिएको देखियो।
भने खोप लगाउने स्थानको सरसफाईमा ध्यान समेत नदिइएको, Safety Box को व्यवस्था नगरिएको र Vaccine Carrier तथा सिरिन्जहरु समेत फोहोर एवम् भुईमै राखेर खोप लगाईएको भेटिएको थियोे।

Advertisement

खोप संचालन पूर्व counselling तथा खोप पश्चात आराम गर्ने स्थलको प्रबन्ध नगरिएको।किशोरीहरु खोपको प्रकृति तथा महत्त्व एवं उपयोगिताका विषयमा पूर्णत अनभिज्ञ रहेको देखियो। Vaccinator तथा कार्यक्रममा संलग्न कुनैपनि स्वास्थ्यकर्मीले पोशाक लगाएको नदेखिएको।
Icepack लगायतका सामग्रीहरु, Cutton तथा Niddle लगायत AEFI Kits को उपयुक्त तवरले प्रबन्ध भएको नपाईएको।खोपकेन्द्रमा खोपसँग सम्बन्धित सूचना सम्प्रेषण गर्ने जनशक्ति, सामग्री इत्यादीको उपलब्धता देखिएन।

किशोरी संख्याको आधारमा Vaccinator तथा Volunteer हरुको प्रबन्ध नगरिएको एवम् खोपस्थलमा न्यूनतम सावधानी, सरसफाई, सुरक्षा लगायतका विषयहरु उपेक्षित रहको चेतावनी दिईएको थियोे।

Advertisement