लागूऔषध खैरो हेरोईन खैरो धुलो पदार्थ ५७० मिलि ग्राम सहित १ जना मानिस पक्राउ

 

अभिलाष गुप्ता
माघ २८ बिरगंज

Advertisement

लागुऔषध सम्बन्धी बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौडा, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०१ चौकीटोल स्थित भित्री सडकमा पैदल हिडिरहेको अवस्थामा जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ०४ मसिने हाडीखोला घर भई हाल ऐ. हेटौडा उ.म.न.पा. वडा नं. ०२ चौकीटोल स्थित डेरा कोठा गरी बस्ने वर्ष २० को अमन प्रजालाई फेला पारी पक्राउ गरिएको छ।

पक्राउ परेकालाई रितपुर्वक निजको शरीर खानतलासी गर्दा निजले लगाएको पाईन्टको खल्तीमा लुकाई छिपाई गरी राखिएको अवस्थामा ५७० मिली ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हुदाँ उक्त लागूऔषध सहित अमन प्रजालाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको जानकारी गराईएको छ।

Advertisement