अभिलाष गुप्ता
माघ २८ बिरगंज
Advertisement
लायन्स क्लब अफ बिरगंज संस्कृति गोल्ड र लियो क्लब अफ बिरगंज संस्कृति गोल्ड द्वारा सम्मान कार्यक्रम तथा भोजपुरी पुस्तक बितरण कार्यक्रम सम्पन्न भएको छ।
बिरगंज महानगरपालिका आदर्शनगर टाउनहल स्थित आदर्शनगर लाईब्रेरीमा उक्त सम्मान कार्यक्रम तथा भोजपुरी पुस्तक वितरण कार्यक्रम सम्पन्न गरेको छ।
Advertisement
कार्यक्रम क्लब अध्यक्ष लायन रितिका जायसवालको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा विशेष उपस्थिति द्वितीय उपाध्यक्ष लियो पिया सिंहको रहेको थियो।
कार्यक्रममा लायन्स क्लबका पदाधिकारीहरू, लियो क्लबका सदस्यहरू, पत्रकार, समाजसेवी तथा शिक्षाप्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो कार्यक्रममा भोजपुरी रामायण-३० थान,भोजपुरी गीता-३०
थान,भोजपुरी मधुशाला-३० थान महानगरपालिकाको पुस्तकालयका अधिकृत शम्भु पासवान लाई हस्तान्तरण गरिएको थियोे।कार्यक्रममा अनुवादक मुकुन्द आचार्यजी को सम्मान कार्यक्रममा निमित वडा अध्यक्ष सन्तोष जैसी लाई दोसल्ला ओढाई लायन्स क्लब अफ वीरगन्ज संस्कृती गोल्ड की अध्यक्ष लायन रितिका जयस्वाल एवम् द्वितीय उपाध्यक्ष पिया सिंहले सम्मान पत्र दिएकि थिईन।





















प्रतिक्रिया