हिन्दू स्वयंसेवक सङ्घ नेपालको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न

 

अभिलाष गुप्ता
माघ २८ बिरगंज

Advertisement

बिरगंज महानगरपालिका आदर्शनगर पुरानो बसपार्क स्थित सोमबारको दिन हिन्दू स्वयंसेवक सङ्घ नेपालको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न भएको छ। उक्त संस्कृति ज्ञान परीक्षामा बिरगंजका विभिन्न विद्यालय एवम् कलेजका विद्यार्थीहरु उल्लेखनीय सहभागी भएका थिए।

उक्त कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्न काब्या एकेडेमीका विद्यार्थीहरु द्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियोे। उक्त कार्यक्रममा प्रमुख अतिथी बिजय लाल कायस्थ पुर्व ए.आई.जी नेपाल प्रहरीको आतिथ्यमा सम्पन्न भएको हो।भने विशिष्ट अतिथीमा बिरगंज उधोग बाणिज्य संघ पर्साका उपाध्यक्ष माधव राजपाल,वरिष्ठ उधोगपति अशोक बैध एवम् समाजसेवी श्रीमती रुप शिला जैसवाल लगाएतका विशेष ब्यक्तीहरुको उपस्थिति रहेको थियोे।

Advertisement

उक्त कार्यक्रममा विभिन्न स्कुल तथा कलेजको करिब २२ सय जना विद्यार्थीहरु सहभागी भएका थिए। सो कार्यक्रममा प्रथम पुरस्कार २२ हजार ५ सय,दोस्रो पुरस्कार,तेस्रोपुरस्कार एवं सानतावना पुरस्कार ११ सयका दरले राखिएको थियोे।उक्त कार्यक्रम संचालन एन.पेब्सनका बिरगंज महानगरपालिकाका अध्यक्ष जियालाल गुप्ताले गर्नु भएको थियोे।

Advertisement