क्रियाशील युवा पत्रकार मञ्चद्वारा बिदाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
माघ २८ बिरगंज

क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले पिलुवा बाराका सशस्त्र प्रहरी उपरीक्षकको बिदाई तथा नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षकसंग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय होटल मकालुमा आयोजना गरिएको कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं ४० रिजर्भ गण हे। क्वा। पिलुवा, बाराका सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको बिदाई तथा नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षक नवराज थापाको स्वागत तथा परिच्यात्मक कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

बाराको पिलुवाबाट चितवन सरुवा हुनु भएका सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीलाई रुद्राकक्षको माला, गम्छा तथा पुष्पगुच्छाबाट बिदाई गरिएको हो । कार्यक्रममा प्रहरी उपरीक्षक क्षेत्रीले बारा तथा पर्साका आम जनता, व्यापारी, विभिन्न संघ, संस्था, समाजसेवी, सञ्चारकर्मी लगायतहरुबाट निकै सहयोग पाएको बताउनुभयो । उहाँले यस संस्था आफ्नो लागि अविस्मरणीय रहने बताउँदै आफु जहाँ रहे पनि यस क्षेत्रको विकासको लागि आवश्यकता अनुसार आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी काठमाण्डौबाट बाराको पिलुवामा आउनु भएका नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षक नवराज थापालाई रुद्राकक्षको माला, गम्छा तथा पुष्पगुच्छाबाट स्वागत गरिएको हो । कार्यक्रममा नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षक थापाले स्वागतको लागी धन्यबाद प्रकट गर्दै अगामी दिनमा सहयोग र सहकार्यमा अगाडी बढने बताउनुभयो । वहाँले मञ्चले गरेको स्वागतप्रती आभार प्रकट गर्दे अगामी दिनहरुमा मञ्चसंग समनवय गरेर अगाडी बढने प्रतिबद्ध ब्यक्त गर्दै मञ्चले निर्वाह गर्दै आएको भुमिका सराहनिय रहेको र अगामी दिनहरुमा पनि एक आपसबीचको समबन्ध अझै प्रगाढ हुने धारण राखे ।

Advertisement

मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा मञ्चका सलाहकार डा. सुबोध कुमार गुप्ता,वीरगंज यूवा समाजका अध्यक्ष संजिव थापा लगाएतकाहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा स्वागत मन्तब्य मञ्चका उपाध्यक्ष आनन्द पटेलले गर्नु भएको थियो ।

Advertisement